Saturday, July 4

चीनबाट आउने यात्रुलाई मोरक्कोमा प्रतिबन्ध, अष्ट्रेलिया र क्यानडामा पनि कडाइ

नेपालअखबार, एजेन्सि। चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने भएको छ।

Advertisement

आगामी जनवरी ३ देखि मोरक्कोमा चीन भएर आउने कुनै पनि यात्रीले प्रवेश पाउने छैनन्।

Advertisement
Advertisement

अष्ट्रेलिया र क्यानडाले पनि चीनबाट आउने यात्रुहरूमा कडाइ गर्ने भएका छन्।

Advertisement

अष्ट्रेलिया र क्यानडा भित्रन अब चीन र हङकङ भएर आउने कुनै पनि यात्रुले ४८ घन्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ।

क्यानडाको पब्लिक हेल्थ एजेन्सी (पिएचएसी) का अनुसार चीन र हङकङबाट आउने यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ।

कोरोनाको नयाँ भेरियन्टको बढ्दो जोखिमबाट बच्न यसअघिनै अमेरिकाले चीनबाट आउने यात्रुमाथि कडाई सुरू गरिसकेको छ। यसअघि कोरोनाको नेगेटिभ रिपोर्ट भए पुग्ने अमेरिकामा अब कोरोना परिक्षणसमेत गर्नुपर्ने भएको छ।

यसअघि फ्रान्स, बेलायत, स्पेन, ताइवान, जापान, भारत, इटाली, दक्षिण कोरिया र पाकिस्तानले पनि चीनबाट आउने यात्रुका लागि कोरोना परीक्षण अनिवार्य गरेको थियो।

यसैबीच हङकङले आगामी आइतबारबाट चीनसँगको सिमाना खोल्ने भएको छ।

यससँगै यात्रुका लागि अनिवार्य क्वारेन्टाइनलाई पनि खारेज हुने भएको छ। योजनाको पहिलो चरणमा कोटा निर्धारण गरिने एक अधिकारीले बताए।

यसअन्तर्गत कसले यात्रा गर्न पाउने भन्ने निर्णय हुनेछ। यसपछि नाका पूर्णरुपमा खुल्ने हङकङका अधिकारीहरूले बताएका छन्।

कोरोना वल्ड्रोमिटरका अनुसार अहिलेसम्म विश्वमा ६६ करोड ४९ लाख ९५ हजार ४०३ संक्रमित देखिएको छ।

११ जनवरी २०२० मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म ६६ लाख ९७ हजार ४०२ जनाको मृत्यु भइसकेको छ।