Thursday, July 16

सेतीमा नुहाउँदा बगेर युवाको मृत्यु

नेपालअखबार, धनगढी। सेती नदीमा बगेर डोटीका एक युवाको मृत्यु भएको छ।

Advertisement

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका ३२ वर्षीय तेज बिकको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार तेज पिपल्लाको पक्की पुल नजिकै नुहाउने क्रममा बगेका थिए।

Advertisement

नदीमा बगेर बेपत्ता भएका उनी दुई सय मिटर तल बेहोस अवस्थामा फेला परेका थिए।

उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

बिकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।