
नेपालअखबार, काठमाडौँ । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेड (निक्कु) को दसौँ साधारण सभाले पत्रकार नवराज छत्कुल्लीलाई कोषाध्यक्षमा चयन गरेको छ । साधारण सभाले समाजवादी प्रेस संगठनका उपाध्यक्ष छत्कुल्लीलाई कोषाध्यक्ष र संगठनका सदस्य लेखनाथ सिकारुलाई सञ्चालन सदस्यमा निर्वाचित गरेको छ ।
शनिवार काठमाडौँमा सम्पन्न साधारण सभाले निवर्तमान सांसद मनकुमारी केसीको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको सर्वसम्मतिले चयन गरेको थियो । समितिको उपाध्यक्षमा प्रदेश १ कि निवर्तमान उपसभामुख सरस्वती पोखरेल, महासचिवमा लेखनाथ ढकाल रहनु भएको छ भने सञ्चालक सदस्यहरूमा सीता वौडेल , भेषराज पाण्डे, मेघराज गौतम, खिमबहादुर कार्की, विजन पोखरेल, राम सुवेदी, आस्था के.सी. र लक्ष्मी बोहरालाई सर्वसम्मतिले चयन गरेको छ ।
त्यसै गरी लेखा परीक्षण सुपरीवेक्षण समितिको संयोजकमा राजेन्द्र कुमार के.सी. र सदस्यहरूमा श्याम खड्का र दानबहादुर गुरुङलाई चयन गरेको छ । सभामा अध्यक्ष विष्णुहरि ढकालद्वारा प्रस्तुत प्रतिवेदनलाई सर्वसम्मतिले पास समेत गरेको थियो ।

