Thursday, July 16

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता

नेपालअखबार, धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत एकता भएको हो ।

Advertisement

आइतबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । संयुक्त जारी प्रेस विज्ञप्तिमा टीकापुर घटनाको राजबन्दीहरु लगायत रेशम चौधरीको रिहाइको लागि दुवै पक्षले पहल गर्ने, सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ लाई संसद्बाट पारित गराइ प्रभावकारी कार्यान्वयनमा दबाब दिने, थरुहट र मधेस आन्दोलनसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागी भएका नागरिक उन्मुक्ति र जनमत पार्टीका आस्थाका बन्दीहरूलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानुनी प्रक्रियामार्फत सरकारलाई दबाब दिने उल्लेख छ ।

Advertisement
Advertisement

321303192_693522678987959_5009107784961781178_n

Advertisement

323546237_889846522048981_111962471500294372_n