Saturday, July 4

यातायात मजदुरको लाइसेन्स निलम्बन गर्ने कार्य फिर्ता गर – अध्यक्ष केसी

नेपालअखबार, काठमाडौं । एकीकृत यातायात मजदुर संगठन नेपाल का केन्द्रीय अध्यक्ष रबि केसीले यातायात मजदुरको लाइसेन्स निलम्बन गर्ने कार्य फिर्ता नलिए सडक आन्दोलन गर्ने बताउनु भएको छ ।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका चालकलाई  एकतर्फी कारवाहीको नाममा पचास भन्दा बढि चालकको लाइसेन्स निलम्बन गरि रोजगार खोसेको भन्दै एकीकृत यातायात मजदुर संगठन नेपालका केन्द्रीय अध्यक्ष  केसीले भत्सर्ना गर्नुभएको छ।

Advertisement
Advertisement

यातायात व्यवस्था कार्यालय एकान्तकुनालाई यस्तो अमानवीय  कार्य रोक्न  गरेको आग्रहलाई बेवास्ता गरे सडक आन्दोलन गर्ने केसीले चेतावनी समेत दिनुभएको छ ।

Advertisement

चालकले ट्राफिक नियमको पालना नगरे गल्ती स्वीकार्दै प्रहरीले दिने चिटमा हस्ताक्षर गर्नुपर्नेमा बर्दीको आडमा एकतर्फी चिट काट्ने गरेको भन्दै  ट्राफिक प्रहरीले गल्ती गरे उसको आफ्नो निकाय बाहेक अर्को निकायमा उजुरी नहुने भएकोले पनि ज्यादती बढेको केसीले बताउनु भएको छ ।