Thursday, May 7

आज हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सु-कुहिरो

नेपालअखबार, काठमाडाैं । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान तराईका केही भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।

Advertisement

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। आज उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार भोलि बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। साथै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

बुधबार राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरु र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

यस्तै केही स्थानमा हिमपात र तराईका केही भू-भागहरूमा बाक्लो  हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।