
नेपालअखबार, काठमाडाैं । मन्त्री अब्दुल खानंले नेपालबाट साउदीअरब उम्रह गर्न जान लागेका तिर्थ यात्रीलाई शुभकामना साथै सम्मान गरेका छन् । मन्त्री खानले तिर्थ यात्रीहरुलाई आज काठमाडौंको पन्च काश्मीरी तकिया मस्जिदवाट ३७ जना उम्रह यात्रीलाई विदाई गरेका छन् ।
सम्पूर्ण उम्रह यात्रीहरुलाई तपाईको यात्रा सफल रहोस साथै नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिका लागि पवित्र धार्मिक स्थाल मक्कामा प्राथना गर्न मन्त्री खानले भने ।

संसद सेराज फारुकीले पनि सबै उम्रह यात्रीलाई बधाइ साथै शुभकामना दिए ।
उम्रह यात्री अनवार सिद्धिकीले ३७ जना नै बाके जिल्लावाट जान लागेको बताए । धार्मिक यात्रा २० दिनको रहने छ । यसलाई सानो हज समेत भन्ने गरिन्छ । हरेक वर्ष नेपालबाट मुस्लिम समुदायका व्यक्तिहरु तिर्थ यात्राका हज र उम्राहका लागि सायौ जाना जाने गर्छन् । हजमा यात्रामा कुर्बानी गरिन्छ भने उम्रह यात्रामा कुर्बानी गर्न पर्दैन ।

संसारका सबै देशमा रहेका इस्लाम धर्म मान्ने सबै मान्छे आफ्नो जिवनमा एक पटक मात्र भए पनि साउदीअरबको मक्का शहरमा हज तथा उम्रहका लागि जाने गर्दछन् । नेपालबाट हज तथा उम्रहमा जाने सम्पूर्ण यात्रीहरुलाई सहजिकरण तथा व्यावस्थापन नेपाल हज समितिले गर्ने अध्यक्ष सम्शेर मियाँले बताए ।

