Tuesday, July 28

मन्त्रिपरिषद बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

Advertisement

बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो। यो मन्त्रिपरिषदको नियमित बैठक हो। सातामा दुई दिन सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ।

Advertisement
Advertisement

यस्तै आज सत्ता साझेदार दलहरूको बैठक पनि बस्दैछ।

Advertisement

बिहीबार अपरान्ह ३ बजे बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्, त्यसबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाइएको हो।

कुन दलबाट कति जना मन्त्री हुने भन्नेजस्ता विषय टुंगिन बाँकी छ। सरकारले न्यूनतम साझा कार्यक्रम पनि ल्याइसकेको र विश्वासको मतसमेत लिइसकेकोले अब मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो।