Saturday, July 25

पोखरा जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय आयोग, ४५ दिनको समय

नेपालअखबार, काठमाडाैं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ।

Advertisement

आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव  नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए।

Advertisement
Advertisement

छानबिन गर्न बनेको आयोगमा हवाई विज्ञ तथा अवकाशप्राप्त उपरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा सदस्य छन्।

Advertisement

आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको मन्त्री पौडेलले जानकारी दिए।

सरकारले यो आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ।  जाँच आयोगले दुर्घटनाका कारण पहिचान गर्नुको साथै र आगामी दिनमा दुर्घटना हुन अपनाउनु पर्ने सुझावसहित प्रतिवेदन पेस गर्नु पर्नेछ।