Saturday, July 18

मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी राख्नुपर्ने निर्णय

नेपालअखबार,काठमाडौँ । सरकारले विदेशी प्रतिनिधि भेट्नका लागि अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने निर्णय गरेको छ ।

Advertisement

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको  मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

Advertisement
Advertisement

यसैगरी बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा देवराज अधिकारीलाई नियुक्त गरेको छ । त्यस्तै सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिवलाई उर्जामा र उर्जाका सचिवलाई भौतिक मन्त्रालयमा सरुवा गरेको छ ।

Advertisement

बैठकले विभूषण सम्बन्धी अध्ययन समिति समेत गठन गरेको छ । यसैगरी सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई दिइएको छ ।