Sunday, August 9

पोखरा महोत्सवमा बद्रीले नचाए पोखरेली धुर्मुस र माग्नेबुढाले हसाए

नेपालअखबार,पोखरा  । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले दर्शकहरुलाई नचाए भने हास्यब्यङ्ग्य मार्फत पोखरेली माग्ने बुढा र धुर्मुसले दर्शकहरुलाई हसाएका छन । बद्री पंगेनीले आफ्नो एकल प्रस्तुतीबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी हास्यब्यङग्य मार्फत पोखरेली धुर्मुस र माग्ने बुढाको प्रहसन मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।

Advertisement

महोत्सवमा बद्री पंगेनी संगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती मार्फत युवाहरुलाई भरपुर मनोरन्जन लिएका थिए ।

Advertisement
Advertisement

युनाइटेड क्लवले आयोजना गरेको एघारौं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा घोडसवार, महोत्सव स्थलबाटै निशुल्क रुपमा चिडियाखान जाने बसको ब्यवस्था, स्वास्थ्य उपचार लगायतका सुविधा संगै विदेशी पर्यटकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएकाले पनि महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको प्रचार प्रसार संयोजक सुनारले वताए ।

Advertisement

महोत्सवको नवौ दिन बिहीबार चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योती मगर, जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्ट तर्फ सविन राइ एण्ड फेरोहको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए ।

महोत्सवमा करिव एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छनभने करिव ४ करोड बरावरको कारोवार भएको अर्थ संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।