Saturday, July 18

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

Advertisement

त्यस्तै सभामुख पदको निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछानेले समर्थन गर्ने कार्यसूची छ ।

Advertisement
Advertisement

त्यस्तै सभामुख पदको लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची रहेको छ ।

Advertisement

त्यस्तै दिउँसो १ बजेर १ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने, सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक,२०७९ समा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।