Friday, July 17

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटारमा रामचन्द्र पौडेल

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

Advertisement

बिहीबार बिहान पौडेल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार गएका हुन्।

Advertisement
Advertisement

पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ।

Advertisement

प्रतिनिधि सभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो।

आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसलगायत दलबाट सांसद ईश्वरीदेवी न्यौपाने उम्मेदवार छन्।

गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री  प्रचण्डलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सभामुख निर्वाचनमा भने कांग्रेसले आफ्नै सांसद न्यौपानेलाई उम्मेदवार बनाएको छ।

कांग्रेसले राष्ट्रपति पद आफूले लिनका लागि कुराकानी गर्दै आएको छ। केही दिनअघि बालुवाटारमा भएको सर्वदलीय बैठकमा पनि कांग्रेस नेताहरूले संवैधानिक पदहरूमा दलहरूबीच मिलेर जान छलफल गर्न सकिने धारणा राखेका थिए।