Saturday, July 18

आजको मौसम यस्तो छ

नेपालअखबार, काठमाडाै । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा भूभागमा सामान्य बदली, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई  स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

Advertisement
Advertisement

आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

Advertisement

हाल काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमबिद् बिनु महर्जनले जानकारी दिइन्।दिउँसो घाम लाग्ने भएकाले चिसो क्रमशः घटेर जाने उनले बताइन्।

यद्यपि तराईका क्षेत्रमा भने कतै कतै दिनभरी जसो हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताइन्। तराईका धेरै भूभागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन प्रभावित भएकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरिन्।