Saturday, July 4

राष्ट्रपतिको निर्वाचनमा प्रतिपक्षसहितको सहमति भए राम्रो: जनार्दन शर्मा

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिको निर्वाचनमा प्रतिपक्षसहितको सहमति भए राम्रो हुने बताएका छन्।

Advertisement

शनिबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता पक्षसँग स्पष्ट बहुमत भएपनि प्रतिपक्षसहितको सहमति भए राम्रो हुने बताएका हुन्।

Advertisement
Advertisement

‘सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो,’ उनले भने, ‘भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ। किनभने गठबन्धनमा अहिले बहुमत छ। निर्वाचित बहुमतले गर्ने हो। सरकारमा भएका दलहरूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ।’

Advertisement

उनले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने र कांग्रेसको अपेक्षाबारे आफूलाई थाहा नभएको पनि बताए।

‘अब केही दिनपछि एजेन्डा राष्ट्रपतिमा प्रवेश गर्छ। पार्टीहरूमा छलफल हुन्छ। सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ। छलफल पछि मात्रै को हुन्छ भन्न सकिन्छ,’ उनले भने,‘गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतःस्पष्ट छ । कांग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन।’