Friday, July 3

बाइडेनको घरमा एफबीआईको छापा, गोप्य सरकारी दस्ताबेज बरामद

नेपालअखबार, डेलावेयर । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ ।  डेलावेयरस्थित वाइडेनको घरमा १३ घन्टासम्म चामा मारिएको र गोप्य सरकारी दस्ताबेजहरू जफत गरिएको एपीले जनाएको छ।

Advertisement

राष्ट्रपतिको घरबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेको वाइडेनका वकिलले जानकारी दिएका हुन्। बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका केही सामग्रीहरू पनि जफत गरिएको वकिल बब बोवरले एपीसँग भने।

Advertisement
Advertisement

बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै न्याय विभागलाई आफ्नो घरमा अनुसन्धान गर्न अनुमति दिएका थिए। तर यो अनुसन्धानको समयमा राष्ट्रपति वाइडेन र प्रथम महिला घरमा उपस्थित थिएनन्। राष्ट्रपतिको टोलीले यी कागजात प्राप्त हुनेबित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ।

Advertisement

जफत भएका कागजात के गर्ने भन्ने विषयमा अनुसन्धान गर्न विशेष काउन्सिल रोबर्ट हेरलाई नियुक्त गरिएको थियो। पूर्व राष्ट्रपति ट्रम्प पनि अमेरिकी न्याय मन्त्रालयको छानबिनको दायरामा छन् ।