Saturday, July 4

भिरबाट लडेर तनहुँमा एकको मृत्यु

नेपालअखबार, तनहुँ। भिरबाट खसेर तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ।

Advertisement

धमिलीकुवा सामुदायिक वनको भिरबाट शनिबार खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

Advertisement
Advertisement

घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

भारतीय नागरिकको मृत्यु

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ।

भारतको उत्तरप्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा बस्दै आएका उनी बिरामी थिए।

उनको जिपी कोइराला अस्पतालमा उपचारका क्रममा शनिबार बेलुकी १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।