Friday, July 3

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

नेपालअखबार, काठमाडाैं। आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।

Advertisement

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मी बताए ।  डा. नकर्मीका अनुसार आज बिहान ५ बजे आचार्यको निधन भएको हो ।

Advertisement
Advertisement

इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए ।

Advertisement