Friday, July 3

अमेरिकाले युक्रेनलाई ३१ वटा शक्तिशाली युद्ध ट्यांक पठाउने

नेपालअखबार, एजेन्सि। संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने निर्णय गरेको छ।

Advertisement

जर्मनी र केही युरोपेली देशले अत्याधुनिक लियोपार्ड-२ नामक लडाकु ट्यांक पठाउने घोषणा गरेको केही समयपछिनै अमेरिकाले पनि एम वन अब्राम ट्यांक पठाउने निर्णय गरेको बिबिसीले जनाएको छ।

Advertisement
Advertisement

रूसी आक्रमण विरूद्ध लड्नलाई पठाउने ट्यांक जर्मनीसँग सहकार्य गरेर परिचालन गरिने अमेरिकी अधिकारीले स्पष्ट पारेका छन्।

Advertisement

यसअघि जर्मनीले १४ वटा लियोपार्ड-२ ट्यांक पठाउने निर्णय गरेको थियो ।

युक्रेनले महिनौंदेखि सैन्य उपकरण पठाउन पश्चिमी सहयोगीहरूलाई लबिङ गर्दै आएको छ। रूसले युक्रेनमा आक्रमण थालेको आउँदो महिना एक वर्ष पुग्दैछ। एक वर्ष पुगेको मौकामा ठूलो बदला लिन युक्रेनले शक्ति सञ्चय गर्नुका साथै ठूलो विदेशी सहयोग चाहेको छ ।

युक्रेनकै योजना अनुसार युरोपेली देश र अमेरिकाले पनि अत्याधुनिक ट्यांक पठाउने निर्णय गरेका हुन्। आउँदो वसन्त याममा युक्रेनले रुसी सेनालाई आफ्नो देशबाट फिर्ता पठाउने लक्ष्यका साथ विभिन्न योजना बनाएको छ ।

जर्मनी र अमेरिकाले ट्यांक पठाउने निर्णय गरेपछि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले खुसी व्यक्त गरेका छन्। ‘विजयको बाटोमा यो एउटा महत्त्वपूर्ण पाइला हो। आज युक्रेनको मुक्तिको लागि पहिले कहिल्यै नभएको जस्तो संसार एकजुट छ,’ उनले भनेका छन् ।

यसैबीच, रूसले यो कदमलाई उत्तेजक भनेर निन्दा गरेको छ। उसले आपूर्ति गरिएका सबै ट्याङ्कहरू नष्ट गरिनेसमेत दाबी गरेको छ। ‘जति महँगा भए पनि यी ट्याङ्कहरू अरू सबैजस्तै जल्छन्,’ राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भनेका छन्।

उनले अगाडि थपेका छन्, ‘हामी युक्रेनलाई कुनै पनि हालतमा विदेशीको परेडस्थल हुन दिनेछैनौं, जतिसुकै अत्याधुनिक हतियार भएपनि हामीले ध्वस्त पारिदिनेछौं।’

राष्ट्रपति जो बाइडेनले बुधबार ह्वाइट हाउसमा निर्णयको घोषणा गर्दै भने, ‘उनी सुरुदेखि नै गलत थिए र अझै पनि गलत छन्।’

उनले युक्रेनलाई युद्धमा यी ट्याङ्कहरूलाई प्रभावकारी रूपमा टिकाउन आवश्यक पार्टपुर्जा र उपकरणहरू पनि दिइरहेका भन्दै यसले युक्रेनलाई आफ्नो भूमिको रक्षा गर्न मद्दत पुग्ने अपेक्षा छ।