Saturday, July 4

सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्छ- प्रमुख निर्वाचन आयुक्त थपलिया

नेपालअखबार, काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

Advertisement

सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यमको रूपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए।

Advertisement
Advertisement

बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन? भनि प्रश्न समेत गरेका छन्।

Advertisement

उनले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्रह गरे। त्यसो भयो भने अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उनको भनाई थियो।

‘मलाई प्रेस काउन्सिल नेपालप्रति चाँहि एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन गर्‍यौं । प्रतिवेदनमा ९० प्रतिशत कुरा यिनै होलान्। हामीले यस्तो सफ्टवेयर डेभलप्ट गर्नुपर्छ अनाधिकृत रुपमा प्रकाशित, प्रसारित हुने विषय त हामी के गर्न सकौंला र’, उनले भने, ‘आधिकारिक रुपमा प्रशारण हुने विषय प्रशारण हुनसाथ स्वतः प्रेस काउन्सिल नेपालको त्यो सफ्टवेयरमा स्वतहः आउने व्यवस्था हुनु पर्‍यो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिए।

‘आम सञ्चारको कुरा गर्दैछौं। सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामकै क्षेत्र हो मैले भन्यो भने आम सञ्चारको परिभाषा नबुझेको स्वाँठ भनेर तपाईहरुले मलाई भनिहाल्नु हुन्छ। वडा अप्ठ्यारो छ। तर मेरो परिभाषा मलाई कसैले गर्न दिन्छ भने यदि कुनै पनि सूचना सम्प्रेषण गरेर कसैलाई सुसूचित गरउने माध्याम समाचार माध्यम हुने भने अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन्’, उनले भने, ‘यीनलाई कहाँ, कसले हेर्ने हो? सबै यहीँ प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन? त्यो अर्को पाटो हो। तर यसलाई पनि अव समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन। एउटा दायरामा ल्याएर यसको  व्यवस्थापन र नियमनको पनि कुरा गर्नुपर्छ।’