Monday, July 20

रूकुम (पूर्व) मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध

नेपालअखबार, रूकुम। रूकुम (पूर्व)  मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ।

Advertisement

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरूद्ध भएको विद्युत अझै सुचारू हुनसकेको छैन। सेवा अवरूद्ध हुँदा नागरिक समस्यामा परेका छन्।

Advertisement
Advertisement

सल्यान र रूकुम (पश्चिम) को बीचमा समस्या हुँदा विद्युत अवरूद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रूकुम (पूर्व) ले जनाएको छ।

Advertisement

विद्युत सञ्चालको लागि काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए।

विद्युत अवरूद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रूकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताइन्।  रासस