
नेपालअखबार, रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा विपी स्मारकको शिलान्यास गर्नुभएको छ । केही दिनदेखि गृहजिल्ला रौतहटमा रहनुभएका अध्यक्ष नेपालले विकास निर्माणको निरिक्षण, नयाँ विकासको शिलान्यास गरिरहनु भएको छ ।
विहीबार हिन्दु संस्कारअनुसार विधि नै लगाएर विपी स्मारक तथा घण्टाघरको शिलान्यास गर्नुभएको हो ।
गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विपी स्मारक तथा घण्टाघरको निर्माण हुन लागेको छ ।

