Thursday, July 9

कसरी बितेकाे थियाे पृथ्वी नारायण शाहको जीवनकाल ?

श्री ५ बडामहाराजाधिराज  पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो । वि.सं. १७९९ मा बिस बर्षको उमेरमा पृथ्वी नारायण शाह गोरखाका राजा भएका थिए ।

Advertisement

पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।

Advertisement
Advertisement

पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखित राजाहरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकालका बाडेर गए । तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए ।

Advertisement

उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए । सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो ।

यिनले सानो सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो।

नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे। वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।

नेपाल एकीकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाइ एङ्गलो-नेपाल युद्ध (१८१४?१६) पनि भनिन्छ पछी भयो ।उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जावमा पर्ने केही साना सतलज नदी पारीका पहाडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जीलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भुभाग ब्रिटिश इस्ट इण्डिया कम्पनि सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्यो ।

तर ब्रिटिश ले नेपाललाई १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखी माहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए । भारत ब्रिटिसबाट स्वतन्त्र भएपछि सुगौली सन्धि खारेज भइ नेपालको भु भाग त्यागनु पर्नेमा हाल ती भुभाग हडपेर बसेको छ। उनले नेपाल एकीकरणको महायात्रा सुरू गरी  कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *