Sunday, May 10

छिट्टै खानेपानीमा सलबलाई रहेका माफियाकाे अन्त्य हुँदै : खानेपानी मन्त्री अब्दुल खानं

नेपालअखबार, बाँके ।  बाँके जिल्लामा अवस्थित  राप्ती खानेपानी फिल्टर स्टेसन याेजनाकाे निरिक्षण खानेपानी मन्त्री अब्दुल खानंले गरेका छन् । निरिक्षणकाे त्रममा  मन्त्री खानंले  अब छिट्टै खानेपानीमा सरबलाई रहेका माफियाहरूकाे अन्त्य हुने बताएका छन् । खानेपानी नै जिवन हाे तर व्यवसायकाे नाममा खानेपानी बिक्रिविरण गर्ने त्रममा जनता लुट्न पाइदै भने  ।

खानेपानी विनाकाे जिवनकाे कल्पना समेत गर्न नसकिने बताउदै मन्त्री खानंले भने अब सरकारले पनि खानेपानी  बाेटल र जारबाट  खानेपानी  उत्पादन गर्ने याेजना बनाइ कार्यन्वयन गर्ने  बताए  । कर्मचारीलाई  खानेपानी जनताकाे  घर सम्म सहजरूपमा वितरण गर्न निर्देशन दिएका छन् ।  खानेपानी जनताकाे  माैलिक हकमा नै पर्ने  हुदाँ जनताकाे अधिकारसंग कसैले खेलवाड गर्न नहुने यदि खेलवाड गरेकाे पाइएमा जाेकाेहिलाई पनि कार्वहिकाे दायरामा ल्याइने बताए । इमान्दारीका साथ काम गर्न  कर्मचारीलाई मन्त्री खानले  निर्देशन दिएका छन् ।

Advertisement

विभिन्न प्रदेशमा रहेका  खानेपानी  तथा खानेपानी  फिल्टर स्टेसन याेजनाहरूलाइ  प्रभावकारी रूपमा जनताले महशुस गर्ने गरि कार्यन्वयन गर्ने मन्त्री खानले बताए ।