Tuesday, July 21

केही दिनमै विश्वको तेस्रो धनी व्यक्तिबाट आठौंमा झरे भारतका अडानी

नेपालअखबार, एजेन्सि। एसियाकै सबैभन्दा धनी व्यक्ति भारतका गौतम अडानीले पछिल्ला केही दिनमै अर्बौं  डलर गुमाएका छन्।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार यसअघि संसारकै तेस्रो धनी व्यक्तिका रूपमा रहेका अडानी अहिले आठौं नम्बरमा आइपुगेका छन्। अहिले उनीसँग ८९.१ अर्ब डलर सम्पत्ति छ।  यद्यपी उनी अहिले पनि एसियाको भने सबैभन्दा धनाढ्य व्यक्ति नै हुन्।

Advertisement
Advertisement

केही दिनअघि अमेरिकाको हिन्डन्बर्ग रिसर्चले अडानी ग्रुपबारे एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्टमा अडानी ग्रुपको सम्पत्ति बढाइचढाइ गरिएको, सम्बन्धित देशका कानुनहरूको पालना नगरिएको लगायत कुराहरू उल्लेख थिए।

Advertisement

उक्त रिपोर्ट आएपछि अडानीले लगानी गरेका सबै कम्पनीहरूको सेयरमा गिरावट आउन थालेको हो। आइतबार अडानी ग्रुपले हिन्डन्बर्ग रिसर्चको रिपोर्टमा ४१३ पेज लामो जवाफ सार्वजनिक गरेको थियो। उक्त जवाफमा हिन्डन्बर्ग रिसर्चको रिपोर्टलाई भारतमाथिको हमला भएको आरोप लगाइएको छ।

लगानीकर्ताहरूलाई भने अडानीको जवाफले पनि ढुक्क पारेको देखिन्न। सोमबार पनि अडानी इन्टरप्राइजेजसहित अडानी ग्रुपका सबै कम्पनीको सेयर भाउ घटेको छ। उनका कम्पनीहरूको सेयर भाउ ६५ अर्ब डलरसम्म घटेको बताइएको छ।

अडानी समूहका कम्पनीका पुरानो सेयर मात्र घटेको छैन उसले जारी गरेको नयाँ एफपिओमा पनि लगानीकर्ताले चासो देखाएका छैनन्।