Monday, July 20

सरकारलाई भुकम्प पीडितको लागि गरेको निर्णय तत्काल कार्यान्वयन गर्न पूर्व श्रम मन्त्री कुँवरको आग्रह

नेपालअखबार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाका भुकम्प पीडितले अहिले सम्म सरकार बाट कुनै राहत नपाएको गुनासो आफ्ना जन प्रतिनिधी मार्फत गर्न थालेका छन ।

Advertisement

२०७९ कार्तिक २२ गते बझाङ जिल्ला खप्तड छान्ना  केन्द्र बिन्दु र यहि माघ १० गते बाजुरा को बिछ्यालाइ केन्द्र बिन्दु बनाएर गएको बिनासरकारी भुकम्पले मानविज  क्षति सहित ४ हजार १ सय ८६ घरहरू भत्केका थिए ।
भुकम्पका कारण सुदूरपश्चिमका पहाडी अछाम २ हजार ८ सय ५९ बाजुरा १ हजार १ सय ३३ डोटी ९५ बझाङ ९२ डडेल्धुरा ७ वटा निजी घरहरु भत्केका थिए ।

Advertisement
Advertisement

सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बाजुरा, डोटी, बझाङ र डडेल्धुरा मा भएको मानवीय क्षेती सहित भौतिक संरचना  घरहरुको भएको क्षतिको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा बुझाइ सक्दा पनि हाल सम्म सुनुवाइ नभएको आछाम जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्व श्रम मन्त्री शेरबहादुर कुँवरले बताउनु भएको छ ।
पूर्व श्रम मन्त्री शेरबहादुर कुँवरको टोलीले सोमबार गृह मन्त्रालय अन्तरगत विपत व्यवस्थापन कार्यालयका कार्यकारी प्रमुख अनिल पोख्रेललाई भेटी सरकारले यस अगाडि भुकम्प पीडितका लागि गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।

Advertisement

भुकम्पका कारण क्षेती भएका घर परिवार लाई हिमाली जिल्लामा प्रति घरपरिवार ५ लाख, पहाडी जिल्लामा प्रति घरपरिवार ४ लाख दिने निर्णय नेपाल सरकारले गरि सकेको छ ।  सरकारले भुकम्प पीडितलाई राहत दिने निर्णय गरे पनि अहिले सम्म कार्यान्वयन नभएको जनगुनासो निकै सुनिन थाले पछि पूर्व मन्त्री शेरबहादुर कुँवरले सम्बन्धित निकायलाई यथाशीघ्र  कार्यन्वयन गर्न गर्न आग्रह गर्नु भयो ।

सोमबार गृह मन्त्रालयमा निर्णय तत्काल कार्यान्वयन गराउनका लागि  श्रम मन्त्री तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य माननीय शेर बहादुर कुँवर र अछाम जिल्ला क्षेत्र नम्बर क बाट निर्वाचित प्रदेश सभा सदस्य  मेघराज खड्काको सहभागिता रहेको थियो ।