Tuesday, July 21

नेपालको खानेपानी बाहिरीका मुलुकमा निर्यात गर्छौ : खानेपानी मन्त्री खानका

नेपालअखबार, नवलपरासी । नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खाँनले आम नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।

Advertisement

नेपाल विश्वमा पानीमा ब्राजिल पछिको दोस्रो देश भनेर चिनिरहँदा त्यसको भरपुर सदुपयोग हुन नसकेको मन्त्री खानको भनाई छ। हामी  पेट्रोलियम पदार्थ आयात गरे जस्तै खानेपानी हामी किन निर्यात गर्दैनौ भन्ने विषयमा आफूले विशेष ध्यान दिएको र यस विषयमा अध्ययन गरिरहेको बताउनु भयो।

Advertisement
Advertisement

नवलपरासी पश्चिमको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री खानले  छिट्टै मन्त्रालयमा विशेष समय लिएर विदेश पानी निर्यात गर्न मिल्ने आधारहरूका बारेमा छलफल गर्ने बताउनुभयाे ।

Advertisement

मन्त्री खाँनले कुन कुन देशमा नेपालले पानी सहजै निर्यात गर्न सकिन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरकै अध्ययन गर्ने तर्फ जोड दिने बताउनु भयो । उहाँले  नेपाल भित्र पानी नपुगेका जनसङ्ख्यालाई सरकारले जार वा बोतल जे मा सकिन्छ सबैलाई पानीमा सहज पहुँच पुर्याउन आफु हरदम अग्रसर हुने उल्लेख गर्नु भयो।

जिल्ला भ्रमणमा रहनु भएका मन्त्री खाँनले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पुर्‍याउने भनेकाले आफु त्यसमा लाग्ने बताउनु भयाे ।