Wednesday, July 22

मलेसियाका गृहमन्त्री र नेपालका श्रम मन्त्री नेतृत्वको प्रतिनिधिबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक भेटवार्ता सुरू भएको छ।

Advertisement

सोल्टी होटेलमा सुरू भएको वार्तामा भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुनेछ।

Advertisement
Advertisement

नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो।

Advertisement

नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि छलफल गर्नेछ।

यस्तै नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने पनि बताइएको छ।

बिहिबार काठमाडौं आएका मन्त्री नासुसनले आजैबाट उच्चस्तरीय राजनीतिक भेटघाट सुरू गरेका हुन्।

तीन दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलगायतलाई भेट्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ।