Monday, May 11

नेपाल सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने  बताउनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी ) को ५ औं  केन्द्रीय कमिटीको बैठकमा  राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीले लिएको सिद्धान्त सही छ कि गलत छ त्यो व्यवहारले देखाउने बताउनु भएको हो  । ‘सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ, हामी समाज बदल्न चाहन्छौँ, हामी संसार बदल्न चाहन्छौँ, हामी कम्युनिष्ट क्रान्तिकारी भएकाले माक्र्सवाद लेलिनवादको मार्गदर्शनमा हिड्छौँ ’, अध्यक्ष नेपालले भन्नुभयो  ।

Advertisement

सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधानका लागि समाजका विभिन्न वर्गहरुको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने भन्दै अध्यक्ष नेपालले  ‘हामी कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता हौँ भनेर गौरव बोकेर पार्टी नीति, सिद्धान्तअनुसार काम गर्नुपर्छ ।’ भन्नुभयो ।