Sunday, May 10

आज पनि एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

काठमाडौँमा शनिबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

Advertisement

अध्यक्ष नेपाल, महासचिव भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक आज समापन गर्ने तयारी छ ।