
नेपालअखबार, काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय सांसद् भवनमा दिउँसो १ बस्न लागेको हो।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्न सक्नेछन्।

