Saturday, July 11

एमसीसी कार्यान्वयन अनुगमन समिति गठन गर्न एकीकृत समाजवादीको माग (१४ बुँदे प्रस्तावसहित)

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदबाट व्याख्यात्मक घोषणासहित पारित एमसीसीसम्झौताको कार्यान्वयनका लागि व्याख्यात्मक घोषणामा उल्लेखित उद्देश्य र मर्म बमोजिम भए नभएको अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय ‘एमसीसी कार्यान्वयन अनुगमन समिति’ गठन गर्न माग गरेको छ ।

Advertisement

आइतबार सम्पन्न सो पार्टीको पाँचौ केन्द्रीय समिति बैठकले पारित गरेका १४ बुँदे समसामयिक प्रस्तावमा एमसीसीबारेको प्रस्ताव पनि पारित गरेको हो ।

Advertisement
Advertisement

‘संसदबाट व्याख्यात्मक घोषणासहित पारित एमसीसीसम्झौताको कार्यान्वयन व्याख्यात्मक घोषणामा उल्लेखित उद्देश्य र मर्म बमोजिम भए नभएको अनुगमन गर्न सरकारले एक उच्चस्तरीय सर्वदलीय ‘एमसीसी कार्यान्वयन अनुगमन समिति’ गठन गारोस्भनी यो बैठक माग गर्दछ’, समाजवादीले पारित गरेको समसामयिक प्रस्तावको १० नम्बर बुँदामा भनिएको छ ।

Advertisement

त्यस्तै सो पार्टीले नेपाली किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाएर कृषि उत्पादनलाई सडकमा फाल्नुपर्ने स्थिति सिर्जना भएको भन्दै कृषि उत्पादन बजारको उचित व्यवस्था गर्न, विदेशी कृषिबस्तुको आयातमा नियमन गर्न र पीडित किसानलाई राहत दिन सरकार समक्ष माग गरेको छ ।

आर्थिक अभाव, बेरोजगारी, चर्को व्याज असुली, मिटर  ब्याजी ऋण, दलाल र बिचौलियाको ठगी, वैदेशिक रोजगारीमा उत्पन्न बेतिथिजस्ता आर्थिक–सामाजिक समस्या सम्बोधन गर्न र युवा समुदायलाई प्रोत्साहित गर्ने आर्थिक–सामाजिक कार्यक्रम ल्याउन र मनोपरामर्श तथा मानसिक स्वास्थ्यमा उचित ध्यान पु¥याउन माग गरेको छ ।