Sunday, July 5

मैले भोट माग्नु पर्दैन ः नारायणकाजी श्रेष्ठ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् ।

Advertisement

बुधबार गृहजिल्ला गोरखा आएका श्रेष्ठले पत्रकार भेटघाटका क्रममा सो कुरा बताएका हुन् । ‘संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ ।

Advertisement
Advertisement

हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो’ उनले भने ‘त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने आवस्यक देखिन्छ ।’

Advertisement

सभामुखको निर्वाचन प्रकृया अघि बढाउनका लागि पनि शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा दिनुपर्ने उनको तर्क छ ।

‘उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ’ नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले भने ‘स्वविवेक प्रयोग गरेर पहिला नै पद छोड्नु प¥थो, अब ढिला गर्नुुहन्न ।’

श्रेष्ठ राष्ट्रियसभा सदस्यको उम्मेदवार समेत हुन् । भोट माग्न जिल्ला आउनुभएको हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने ‘मलाई भोट माग्नै पर्दैन, साथीहरुले विवेक प्रयोग गरेर मतदान गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।’

पछिल्लो समय एमसीसीका बारे धेरै कुरा बाहिर आएको बताउदै श्रेष्ठले पार्टीभित्र समेत यस बिषयमा गम्भिर छलफल भइरहेको जानकारी दिए । ‘एमसीसीका बारे पार्टीमा वृहत छलफल भइरहेको छ’ उनले थपे ‘सबैकुरा बुझेर मात्रै यस बिषयमा निर्णय लिन्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *