Friday, July 3

खाना खाएर सुतेकी वृद्धाको घाँटी रेटेर हत्या

सिरानचोक गाउँपालिका ८ फिनामटारमा एक वृद्धाको घाँटी रेटेर हत्या गरिएको छ । छोराबुहारीसंग अलग्गै बस्दै आएकी ७० बर्षिया मनमाया श्रेष्ठको बुधबार राती धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको भेटिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Advertisement

बुधबार खाना खाएर सुतेकी श्रेष्ठ बिहान ढिलासम्म नउठेपछि छिमेकीले खोज्न जादा मृत भेटेका थिए ।

Advertisement
Advertisement

बिहान करिब ११ बजे खबर आएपछि इलाका प्रहरी चौकी जौबारीबाट टोली खटाइएको थियो ।

Advertisement

‘उहाँ घरमा एक्लै बस्नुहुदो रहेछ, खाना खाएर सुतेको मान्छे बिहान ढिलासम्म नउठेपछि छिमेकीले ढोका फोरेर हेर्दा मृत भेटाएछन’ एसपी ओम प्रसाद अधिकारीले भने ‘घाँटीमा धारिलो हतियार प्रहार भएको देखिन्छ ।’

घटनाको छानबिनका लागि बिहिबार नै जिल्ला प्रहरी कार्यालयबाट समेत इन्सपेक्टर राजु खत्रीको नेतृत्वमा टोली खटाइएको एसपी अधिकारीको भनाई छ ।

‘हामीले बिहिबार नै इन्स्पेक्टरको कमाण्डमा टोली पठाएका छौ, अहिलेसम्म उहाँहरु उतै हुनुहुन्छ, पूर्ण विवरण आइसकेको छैन’ उनले भने ‘घटनामा शंकास्पद २ जना युवकलाई नियन्त्रणका लिएका छौ, अरु अनुसन्धान जारी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *