Monday, August 31

आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । बिहीबार साँझ ५ बजे केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो

Advertisement

माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने जनाइएको छ ।

Advertisement
Advertisement

स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति गठन गरिसकेको छ ।

Advertisement