Saturday, November 15

ऐतिहासिक स्थलको संरक्षणमा नागरिक समाजको चासो, बुझाए पुरातत्वलाई ज्ञापनपत्र

गोरखा । ऐतिहासिक एवं धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न माग गर्दै गोरखाका नागरिक समाजले पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका छन ।

Advertisement

भ्रमण बर्षमा अत्याधिक पर्यटक भित्राउनुपर्ने भन्दै जिल्लाका ऐतिहासिक संरचनाको संरक्षणमा जोड दिन माग गर्दै नागरिक साझा सवाल गोरखाको नेतृत्वमा नागरिक समाजले गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी मार्फत पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका हुन् ।

Advertisement

संयोजक स्थानेश्वर दुवाडीद्धारा हस्ताक्षर गरिएको पत्रमा गोरखा दरवार पुर्ननिर्माणमा भइरहेको लापरवाही र ढिलासुस्तीप्रति ध्यानाकर्षण भएको बताइएको छ ।
दरवार पुर्ननिर्माणको म्याद सकिदा ४० प्रतिशत पनि काम सम्पन्न हुन नसकेको भन्दै नागरिक साझा सवालले पुरातत्व विभागलाई आवस्यक पहल र ठेकेदार कम्पनीलाई दवाव दिन आग्रह गरेको छ ।

त्यस्तै भ्रमण बर्षलाई लक्षित गर्दै गोरखा संग्रहालय हप्ताको सातै दिन खुला गर्ने ब्यवस्था मिलाउन समेत अनुरोध गरेको छ । वर्तमान नेपाल एकिकरणको सुत्रपातका रुपमा गोरखा संसारभर परिचित रहेको उल्लेख गर्दै उनिहरुले प्रचार प्रसार र संरक्षणमा जुट्न जिल्लावासीलाई आग्रह समेत गरेका छन् ।

त्यस्तै गोरखा संग्रहालयमा इतिहासमा ज्ञान राख्ने गाइडको समेत ब्यवस्था गर्नुपर्ने उनिहरुको माग छ । जिल्लाको इतिहासलाई प्रचार प्रसार गर्नमा समेत यसले सहयोग पु¥याउने भएकाले विभागलाई आवस्यक गाइडहरुको ब्यवस्था गरिदिन आग्रह गरिएको संयोजक दुवाडीले बताए ।

यसैगरी संग्रहालयलाई ब्यवस्थित बनाउदै भएका ऐतिहासिक संरचनाहरुको संरक्षणमा जुट्नुपर्नेमा जोड दिए । बर्षौअघि संग्रहालय परिसरमा पर्यटकलाई आकर्षित गर्न बनाइएको पानीको फोहोरा समेत अलपत्र बनेकोप्रति नागरिक समाजले असन्तुष्टी जानाए ।
त्यस्तै गोरखा बसपार्कदेखि विपी चौतारासम्म पुरातत्व विभागले निर्माण गर्दै गरेको पक्की पर्खालको उचाई घटाएर त्यसभित्रको जग्गामा गार्डेन निर्माण गर्न उनिहरुले सुझाव समेत दिएका छन् ।

ज्ञापन पत्र बुझाउन नागरिक समाजका अगुवाहरु सित्तलकाजी मास्के, सुरेशमान श्रेष्ठ, सिताराम तिवारी, विनोद अर्याल लगायतको टोली गोरखा संग्रहालय पुगेको थियो । ज्ञापनपत्र बुझ्दै संग्रहालयका प्रमुख अधिकारीले समस्या पहिचान गरी सुझाव दिएकोमा नागरिक समाजलाई धन्यवाद दिदै समाधानका लागि पहल गर्ने र पत्र तत्काल विभागमा पठाउने आश्वास दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *