Friday, July 3

कृषकलाई कृषि सामाग्री वितरण

नेपालअखबार, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाका ३० किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक ३० किसानहरूले कृषि सामाग्री पाएका हुन्।

Advertisement

गाउँपालिका अन्तर्गतको कृषि शाखाको आर्थिक सहयोगमा गाउँपालिका भरिएका ३० जना कृषकलाई कृषि सामाग्री वितरण गरिएको कृषि शाखाका प्रमुख उमेश न्यौपाने बताए। कृषि शाखाले यहीँ माघ १५ गतेदेखि २२  गतेसम्म आवेदन दिन सूचना निकाले थियो। जसमध्ये ३० जना किसानको निवेदन परेको थियो।

Advertisement
Advertisement

गाउँपालिका भित्र १ देखि ५ वडा छन्। गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा,स्टोर शाखा प्रमुख मतिप्रसाद जैसी र कृषि शाखा प्रमुख उमेश न्यौपानेको उपस्थितिमा वितरण गरिएको हो। स्याउ खेतीको विस्तार र उत्पादकत्व वृद्धि गरी कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरी स्याउ बालीमा रोग किरा नियन्त्रण तथा बगैँचाको व्यवस्थापनमा टेवा पुर्‍याउने उद्देश्य रहेको छ।

Advertisement

प्रति किसान १ थान,आरी, एक थान सिकेचर, स्प्रेयर ब्रस, डेढ केजी निला तुथो ३ केजी चुना र सर्वो तेल दिइएको छ।