
नेपालअखबार, धनगढी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुग्नू भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनाल मंगलबार बिहान पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिमको धनगढी पुग्नु भएको हो ।
सोमबारबाट सुरु भएको प्रशिक्षण भोलि सकिने पार्टीका सुदूरपश्चिम इन्चार्ज गरीमा शाहले बताउनु भयो । सोमबार पार्टीका अध्यक्ष माधव नेपालले प्रशिक्षण दिनुभएको थियो । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा पार्टीका केन्द्रीय कमिटी सदस्य र ९ बटै जिल्ला कमिटीका अध्यक्ष र सचिव सहितका नेताहरु सहभागि छन् ।

