Friday, September 4

टर्की भूकम्प: १९८ घन्टापछि जीवित फेला परे दुई जना

नेपालअखबार, एजेन्सि। टर्कीमा भूकम्पमा परेका दुई जनाको १९८ घन्टापछि उद्धार भएको छ।

Advertisement

टिआरटी वर्ल्ड नाउका अनुसार काह्रामानमारास सहरमा मंगलबार उद्धारकर्ताले १७ वर्षीय एक  किशोर र अर्का एक जनाको भग्नावशेषबाट उद्धार गरेका हुन्।

Advertisement
Advertisement

अजरवैजानका उद्धारकर्ताले उनीहरूलाई जीवितै बाहिर निकालेपछि खुसी मनाएको भिडिओ सामाजिक सञ्जालमा आएका छन्।

Advertisement

उद्धार गरिएका दुई जना दाजुभाइ हुन सक्ने बताइएको छ।

अघिल्लो साताको सोमबार बिहान टर्कीमा ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी छिमेकी सिरियामा समेत गरी अहिलेसम्म ३७ हजार बढी मानिसको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।