Friday, July 3

सत्ता गठबन्धन धेरै दिन टिक्दैन : नेता थापा

नेपालअखबार, सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले वर्तमान सरकारलाई दक्षिणपन्थी खिचडी सरकारको संज्ञा दिएका छन्।

Advertisement

आज बिहान वीरेन्द्रनगरका आयातित पत्रकार सम्मेलनमा  उनले यस्तो टिप्पणी गरेका हुन् ।  सरकारमा सहभागी मन्त्रीहरूले नै सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी अभिव्यक्ति दिएर संविधानमाथि प्रहार भइरहेको उनले बताए।

Advertisement
Advertisement

‘यस्तो खालको कार्यको समाजवादीले विद्रोह गर्ने छ,’ उनले भने ।  खिचडी सरकारबाट देशको भविष्य नरहेको बताउँदै उनले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताए ।

Advertisement

साथै राष्ट्रपति दल भन्दा बाहिरको व्यक्ति बनेको खण्डमा समाजवादीले समर्थन गर्ने उनको भनाइ छ।