Friday, July 3

संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीसँग मागे श्रोत, साधन र कर्मचारी

नेपालअखबार, काठमाडौं । सात वटा संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् ।

Advertisement

बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई भेटेका थिए ।

Advertisement
Advertisement

भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगमा भएका समस्याहरु प्रधानमन्त्री समक्ष राखेको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए ।

Advertisement

उनले भने, ‘समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरु गठन गरिएको छ त्यसको लागि पर्याप्त स्रोत, साधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने तर त्यो एकदमै न्युन भएको कारणले हामीले आ–आफ्ना आयोगका समस्याहरु प्रधानमन्त्री समक्ष राख्यौं ।’

आयोगका अध्यक्षहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरुलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिवद्धता जनाएका मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताए ।