Wednesday, July 22

डाक्टरको रिपोर्ट: ८० वर्षका बाइडेन स्वस्थ छन्, काम गर्न सक्षम छन्

नेपालअखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य परीक्षणमा उनी स्वस्थ र काम गर्न सक्षम रहेको देखिएको छ।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार ८० वर्षीय बाइडेनको स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकहरूले बिहीबार उनलाई स्वस्थ र काम गर्न सक्षम रहेको रिपोर्ट दिएका हुन्।

Advertisement
Advertisement

चिकित्सकहरूले बाइडेनको शरीरमा  लङ कोभिडका कुनै लक्षण पनि नरहेको उल्लेख गरेका छन्। बाइडेनको रक्तचाप, तौललगायत अरू मापनहरू पनि सामान्य रहेका छन्।

Advertisement

सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन फेरि उम्मेदवार बन्ने अनुमान भइरहेका बेला उनको स्वास्थ्य अवस्था कस्तो हुन्छ भन्ने धेरै मानिसलाई चासो छ।

अमेरिकाको राष्ट्रपति बनेपछि बाइडेनले दोस्रो पटक पूर्ण स्वास्थ्य परीक्षण गरेका हुन्। यसअघि सन् २०२१ मा उनको यस्तै परीक्षण गरिएको थियो।

बाइडेनले ७८ वर्षमा राष्ट्रपतिको शपथ लिएका थिए। उनी अमेरिकामा सबैभन्दा धेरै उमेरमा राष्ट्रपति भएका व्यक्ति हुन्।

बाइडेनले २०२४ को चुनावमा फेरि उम्मेदवार हुने संकेत गरिसकेका छन्। उनी फेरि ह्वाइट हाउसको प्रतिस्पर्धामा जाने भएपछि धेरै अमेरिकी मतदाताले उनको स्वास्थ्यले साथ दिन्छ कि दिन्न भनेर चासोका साथ हेरिरहेका छन्।