Saturday, July 4

सकियो कांग्रेसभित्रकाे विवाद

काठमाडौं- शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ।

Advertisement

शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधान गर्दै अगाडी बढ्ने सहमति गरेको हो। शीर्ष नेताहरुबीच महाधिवेन तोकिएकै समयमा गर्ने सहमति भएपनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको छ।

Advertisement
Advertisement

नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ। तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ। गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ। शुक्रबार नै नेताहरुबीच नेविसंघ र तरुण दलसम्बन्धि सहमति पनि जुटेको छ।

Advertisement

उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो। कार्यसमितिमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरुको समेत प्रतिनिधित्व हुनेछ। त्यसैगरी तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको उनले बताए। शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिन सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *