Thursday, July 9

सामुदायिक सेवा केन्द्र गोरखामा श्रेष्ठ

गोरखा । सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा शुसिलबाबु श्रेष्ठ (कैलाश) चयन भएका छन् ।

Advertisement

जिल्ला सदरमुकाममा भएको तेश्रो साधारण सभा एवं दोस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्बत रुपमा अध्यक्षमा चुनेको हो ।

Advertisement
Advertisement

सेवा केन्द्रका आजिवन तथा साधारण सदस्यहरुको भेलाले रामहरी केसीलाई उपाध्यक्ष, सरदबाबु कट्टेललाई सचिव, काजिराम श्रेष्ठलाई कोषाध्यक्ष र भोला मरहट्टालाई सह–सचिवमा निबिरोध चयन गरेको छ ।

Advertisement

यसैगरी बाबुराम श्रेष्ठ, देवु मास्के, शान्तीदेवी श्रेष्ठ, मिनादेवी श्रेष्ठ, सुमन श्रेष्ठ, विष्णुबहादुर थापा, अन्जनबाबु खत्री, दण्डपाणी कट्टेल, रिक्त बानियाँ, बिक्रम बस्नेत, शोभा प्रधान दवाडी र फणिन्द्र बानियाँलाई सदस्य बनाइएको छ ।

१७ सदस्यीय नयाँ कार्यसमितिले जिल्लाको शान्ती सुरक्षा र अपराध नियन्त्रणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको छ । ‘बजार क्षेत्रमा जडान गरिएको सिसि टिभीलाई प्रभावकारी बनाइ केही ठाउँमा बिस्तार गर्ने हाम्रो योजना छ’ नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भने ‘यस अघि विद्यालयहरुमा सञ्चालन भइरहेको सचेतनामुलक कार्यक्रमलाई बिस्तार गर्दै नगरपालिका, प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरेर अघि बढ्छौ । अन्य गतिविधिहरु पनि सञ्चालन हुन्छन् ।’

कार्यसमितिको बैठक बसेर आगामी कार्यक्रम र योजना निर्माण गर्ने उनले बताए । अधिवेशनको उद्घाटन गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शान्ती सुरक्षाका लागि नगरपालिका सहयोग र समन्वय गर्न तयार रहेको बताएका थिए ।

सिसिटिभीको मर्मत र बिस्तारका लागि आवश्यक बजेट गोरखा नगरपालिकाले व्यवस्था गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । तत्काल गोरखाको प्रवेशद्धारा मझुवा देउराली, १२ किलो लगायतका क्षेत्रमा सिसि क्यामेरा जडान गर्न उनले सामुदायिक सेवा केन्द्रलाई आग्रह गरेका छन् ।

निर्वतमान अध्यक्ष अच्यूतलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्र पालुङटारका अध्यक्ष सरोज देवकोटा, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *