Thursday, July 23

राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिने माओवादीको निर्णय

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

Advertisement

सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

Advertisement
Advertisement

‘राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो। हाम्रो स्वार्थ भन्नाले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो। यो स्वार्थमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने छलफल भयो,’ उनले भने,‘कुनै व्यक्ति विशेष कुरा भएन। यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दिइएको छ।’

Advertisement

यसका लागि अन्य पार्टीका नेताहरूसँग पनि कुराकानी गरिने उनले बताए।