Sunday, May 10

गैँडाको आक्रमणबाट चितवनमा एकको मृत्यु

नेपालअखबार, चितवन। पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो।

Advertisement

चितवन राष्ट्रिय निकुञ्जका अनुसार म‌ंगलबार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो।

बिहान ६ बजे तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट चितवनमा ५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक , हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन रहेको उनले बताए।