Friday, July 3

राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने पक्षमा एकीकृत समाजवादी

नेपालअखार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

Advertisement

पार्टीको आज बसेको सचिवालयको ५० औं बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिकलगायत विषयमा छलफल गरिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो  ।

Advertisement
Advertisement

जनताको लामो सङ्घर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि विरुद्ध भइरहेका गतिविधिप्रति छलफल गरिएको बैठकमा अग्रगमन पक्षधरलाई एकताबद्ध गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको बैठक पछि संचारकर्मीहरुसँगको कुराकानीमा प्रमुख खतिवडाले बताउनु भएको हो ।

Advertisement