
नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खान र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे आज खानेपानी मन्त्रालयमा भेटवार्ता भएकाे छ । मन्त्री खानले युवाकाे काधमा देश बनाउने जिम्मेवारी नेताहरूले आपसी यस भेटमा छ पूरा गर्न लागि परेकाे बताए । नेपाली जनताकाे घरदैलाेमा खानेपानी पु¥याउनु नै पहिलाे प्राथमिकता रहेकाे बताए ।
आज मन्त्री खान र मेयर शाह बिच काठमाडाैं उपत्यकामा खानेपानी सहज रूपमा जनतालाई कसरी वितरण गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएकाे थियाे । वर्तमान समयमा काठमाडाैं उपत्यकामा मेलम्चीकाे खानेपानी आएता पनि समान रूपमा जनताकाे घरदैलाे सम्म पुर्याउन पहिलाे प्रथामिकतामा राख्ने मन्त्री खानले बताएका छन् । मन्त्री खानकाे उत्त प्रस्तावमा मेयर शाहले महानगरपालिका सहकार्यकाे लागि तयार रहेकाे बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड भित्रकाे राजनितिकरणकाे प्रत्यक्ष प्रभावबारे मन्त्री खान र मेयर शाह बिच छलफल भएकाे छ । काठमाडाैं उपत्यकामा मेलमचीकाे पानीले मात्र उपभाेग्ताकाे माग धन्न नसकने हुदाँ यागंगरी ,लार्के मुहानलाई पनि काठमाडाैं उपत्यसंग जाेड्न पर्ने मन्त्री खानले जान्कारी दिएका छन् । वैकल्पिक स्राेत रूपमा सिसनेरीकाे मुहानलाई उपत्यकासंग जाेडिने छ । आज मन्त्रालयकाे भेट्मा मन्त्री खान र मेयर शाहले देश बनाउने लागि पर्ने प्रतिवद्धता व्यत्त गरेका छन् ।
उत्त भेट्मा मेयर शाहले खानेपानी मन्त्री खानलाई सफल कार्यकालकाे बधाइ साथै शुभकामना दिएका छन् ।

