Thursday, July 9

उपसभामुख पाउन बार्गेनिङ छैन ः काँग्रेस नेता पाण्डे

गोरखा । नेपाली काँग्रेसलाई उपसभामुख पदको कुनै लोभ नभएको राष्ट्रिय सभा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् ।

Advertisement

सोमबार सदरमुकाममा नेपाल प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सभामुख पदका लागि काँग्रसले कसैसंग बार्गेनिङ नगरेको बताएका हुन् ।

Advertisement
Advertisement

‘उपसभामुख पाउन सभामुखमा उम्मेदवार नउठाएको होइन’ उनले भने ‘पदको लोभ मानेर काँग्रेसले कसैसंग भिख माग्दैन ।’

Advertisement

सभामुख र उपसभामुख पदमा फरक–फरक पार्टीबाट हुनुपर्ने ब्यवस्था संविधानले नै गरेको नेता पाण्डेले बताए ।

‘दुई पदमा पार्टी र लिङ्ग फरक फरक हुनुपर्छ भनेर संविधानले नै बोलेको छ, अहिले संसदमा ४ पार्टी छन् सत्तापछि ठूलो दल हामी छौ’ उनले भने ‘स्वभाविक रुपमा उपसभामुख काँग्रेसले पाउनुपर्ने हो, तर उहाँहरुको बहुमत भएकाले जे पनि हुन सक्छ ।’

एमसीसी देशका लागि हितकर रहेको स्पष्ट पार्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पाण्डेले यस बिषयमा नेकपाले बेक्कारको अफवाह फैलाएको बताए । बाहिर आए जस्तो सम्झौता र बुदा एमसीसीमा नरहेको दावी उनको छ ।

‘एमसीसीमा बाहिर आएजस्तो बुदा केहि छैन’ उनले थपे ‘कम्युनिष्टका नेताहरुको पूरानो ह्याङओभरका कारण यस्तो परिस्थिती आएको मात्रै हो ।’

फरक प्रशंगमा बोल्दै उनले राष्ट्रिय सभामा आफ्नो पदको अवधी सकिन लागेकाले आगामी दिनमा पार्टीको काममा समय दिने बताए । कार्यकर्ताको मर्म र भावना अनुसार पार्टीको कामलाई प्राथमिता दिएर अघि बढ्ने बताएका छन् ।

महाधिवेशनको मिति नजिकिएकाले पार्टीभित्र देखिएको गुटको समस्या स्वभाविक रहेको उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *