Thursday, May 14

देउवाद्वारा राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव, अनुमोदन गर्न कार्यसम्पादन समितिको बैठक सुरु

नेपालअखबार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।

कार्यसम्पादन समितिको बैठक अघि पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो । यससँगै सो नाम अनुमोदनको लागि कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सो बैठकमा देउवाले औचारिक रुपमा पौडेलको नाम प्रस्ताव गरेका छन् ।

Advertisement